०६ साउन २०८३, बुधबार
प्रारम्भिक अनुसन्धान प्रतिवेदन

ककपिट संवादले खोलेको रहस्य : कोपाइलटले उडाएका थिए विमान, दुर्घटनाको खास कारण अझै खुलेन

असार २८, २०८२
काठमाडौं
ककपिट संवादले खोलेको रहस्य : कोपाइलटले उडाएका थिए विमान, दुर्घटनाको खास कारण अझै खुलेन

अहमदाबादमा भएको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन ठीक एक महिनापछि सार्वजनिक भएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)ले शनिबार एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनले विमानका दुई पाइलटहरूबीचको कुराकानी पनि सार्वजनिक गरेको छ । कुराकानी ककपिट भ्वाइस रेकर्डरमार्फत् प्राप्त गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अहमदाबादबाट बेलायतको ग्याटविक विमानस्थलको लागि उडान भरेको विमान एक महिनाअघि दुर्घटना भएको थियो । 

उडानमा एटीपीएल लाइसेन्स प्राप्त क्याप्टेन र लाइसेन्स प्राप्त सह-पाइलट र दस जना केबिन क्रू थिए ।

विमानका मुख्य पाइलट क्याप्टेन सुमित सभरवाल थिए र क्लाइभ कुन्दर पनि पहिलो अधिकारीको रूपमा उपस्थित थिए ।

दुवै पाइलट मुम्बईका थिए र एक दिन अगाडि अहमदाबाद पुगेका थिए । उडानअघि उनीहरूले पर्याप्त आराम गरेका थिए।

उडानको क्रममा को-पाइलटले विमान उडाइरहेका थिए र क्याप्टेनले निगरानी गरिरहेका थिए ।

उडान भरेपछि विमानले भारतीय समयअनुसार दिउँसो १:३८:४२ बजे १८० नटको अधिकतम रेकर्ड गरिएको वायुगति हासिल गरेको थियो । 

लगत्तै, इन्जिन १ र इन्जिन २ को इन्धन कट-अफ स्विचहरू एक सेकेन्डको भिन्नतामा एक-एक गरी 'रन टु कट-अफ' स्थितिमा सरेका थिए । इन्जिनको इन्धन आपूर्ति बन्द हुनेवित्तिकै इन्जिन १ र इन्जिन २ को गति टेकअफ स्तरभन्दा तल घट्न थालेको थियो । 

रिपोर्टका अनुसार ककपिटको आवाज रेकर्डिङमा एक पाइलटले अर्को पाइलटलाई किन कटअफ गरेको ? भन्दै प्रश्न गरेको सुनिन्छ अनि अर्को पाइलटले जवाफ दिन्छन् कि उनले कटअफ गरेका छैनन् । रिपोर्टमा कुन आवाज कुन पाइलटको हो भन्ने कुरा स्पष्ट छैन।

केही सेकेन्डपछि, दुई पाइलटहरूमध्ये एकले जमिनमा रहेका हवाई ट्राफिक नियन्त्रण अधिकारीहरूलाई 'मेडे मेडे मेडे' सन्देश पठाउँछन् । तर, रिप्लाई नसुन्दै विमान दुर्घटना हुन्छ । 

अनुसन्धानकर्ताहरूले एयर इन्डियाको उडानको प्रारम्भिक रिपोर्टबाट उडान भरेको केही सेकेन्डपछि विमानको दुवै इन्जिनको इन्धन कट-अफ स्विचहरू रनबाट कट-अफ स्थितिमा सरेको पत्ता लगाएका छन्, जसका कारण विमान अचानक १८० नटको गतिमा रोकिएको थियो।

यो मानवीय त्रुटि थियो वा दुर्लभ प्राविधिक गल्तीको परिणाम हो भन्ने कुरा अझै स्पष्ट छैन । अनुसन्धान अगाडि नबढेसम्म यसको वास्तविक कारण पत्ता लगाउन नसकिने बीबीसी हिन्दीले जनाएको छ । 

प्रारम्भिक प्रतिवेदनपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गरेको छ। कम्पनीले दुर्घटनाबाट प्रभावित परिवारहरूको साथमा रहेको र अनुसन्धान एजेन्सीहरूलाई पूर्ण सहयोग गरिरहेको बताएको छ।

दुर्घटनामा कम्तिमा २६० जनाको मृत्यु भएको थियो । केवल एक यात्रु ब्रिटिश नागरिक विश्वासकुमार रमेश मात्रै बाँचेका थिए । अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको उडान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । विमानमा दलका सदस्यसहित २४२ जना सवार थिए।

क्याप्टेन सभरवालसँग ८ हजार २०० घण्टा उडान अनुभव थियो भने सह-पाइलट क्लाइभ कुन्दरसँग पनि १ हजार १०० घण्टा उडान अनुभव थियो ।

एयर ट्राफिक कन्ट्रोलका अनुसार, विमानले अहमदाबादबाट दिउँसो १:३९ बजे रनवे नम्बर २३ बाट उडान भरेको थियो । 

एटीसीका अनुसार, रनवेबाट उडान भरेको केही समयपछि विमानस्थल बाहिर रहेको होस्टेल कम्प्लेक्समा खसेको थियो । यो दुर्घटनापछि घटनास्थलबाट कालो धुवाँको ठूलो बादल उड्न थालेको थियो ।

यात्रुहरूबाहेक दुर्घटनामा परेका अधिकांश आवासीय डाक्टर र चिकित्सा अध्ययन गरिरहेका स्नातकोत्तर विद्यार्थीहरू थिए।

प्रतिवेदनले विमानस्थलको परिधिको पर्खाल पार गर्नुअघि नै विमानले उचाइ गुमाउन थालेको पनि उल्लेख गरेको छ । अनुसन्धानले विमानको बाटोमा कुनै चरा थियो भन्ने कुनै संकेत फेला पारेको छैन। यसले चरा ठोक्किनु दुर्घटनाको कारण नभएको स्पष्ट पार्छ।

विमान दुर्घटनाको अनुसन्धान अझै जारी छ र यससँग सम्बन्धित धेरै महत्त्वपूर्ण प्राविधिक भागहरू पहिचान गरी थप अनुसन्धानको लागि अलग राखिएको छ।

'उडान भर्नेवित्तिकै दुवै इन्धन स्विच बन्द भए, अनि क्षणभरमै एयर इन्डियाको विमान भुइँमा खस्यो'

salt training

कमेन्ट गर्नुहोस्