
सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइनमार्फत कार्डमा टप–अप गर्न मिल्ने सुविधाको शुरूआत गरेको छ ।
ई–कम भिसा कार्ड प्रयोगकर्ताहरूले अब आफूलाई आवश्यक परेको समयमा सानिमा यूएसडी ई–कम भिसा कार्डमा टप–अप गर्न सक्नेछन् ।
ग्राहकहरूले सानिमा सजिलो ई-बैंकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट (ई–कम अनलाइन पेमेन्ट)मा आफ्नो विवरण राखेर टप–अप गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरूले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टप–अपको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।
साथै, उक्त प्रक्रियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटीपी राखेपश्चात कार्डमा तुरुन्तै टप-अप हुनेछ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटीएम सञ्चालनमा छन् ।