
एक वर्षमा झन्डै १६ हजार विद्युतीय सवारी साधन (ईलेक्ट्रिकल भेहिकल) नेपाल भित्रिएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा कुल १६ हजार ६५९ वटा विद्युतीय कार, भ्यान, जीप र मिनी/माइक्रो बस नेपाल भित्रिएका हुन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ बराबरका १३ हजार ५६९ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका छन् ।
यस्तै, ९ अर्ब २८ करोड ६९ लाख ३९ हजार रुपैयाँ बराबरका ३ हजार ९० वटा विद्युतीय मिनी बस र माइक्रो बस आयात भएका विभागले जनाएको छ।
नेपालमा ५० किलोवाट मोटर पावर भएकादेखि ३०० किलोवाट मोटर पावर भएका विद्युतीय गाडीहरू भित्रिने गरेका छन् ।
नेपालमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाट मोटर पावर भएका विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कुल २९ अर्ब ४८ करोड रुपैयाँ बराबरका ११ हजार ७०१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।