०५ साउन २०८३, मंगलबार

यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब ६७ करोड राजस्व

साउन १०, २०८२
जनकपुरधाम
यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब ६७ करोड राजस्व

यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ६९ लाख ४३ हजार नौ सय ८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आवमा चालक अनुमतिपत्र वितरण, नवीकरण र त्यसको जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण तथा रुट परमिट, नामसारी र पटकेलगायतका विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको हो ।

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले विद्युत् समस्या समाधानका लागि सोलार जडान गरेकाले सेवाप्रवाहमा सुधार आएको बताए ।

उक्त अवधिमा सरकारी, सार्वजनिक र भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना सवारी गरी आठ हजार ५७ सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्