
लिबिया । लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक वस्तीमा छापा मारी शनिबार करिब एक हजार ५०० कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका छन्।
लिबियामा सन् २०११ मा नेटो समर्थित विद्रोहमा लामो समयदेखि सत्तामा रहेका मोआमेर कद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछि लिबिया द्वन्द्वको चपेटामा परेको छ ।
त्रिपोलीस्थित प्रधानमन्त्री अब्देल हामिद देबेइबाको सरकार र पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनबीच देश विभाजित छ ।