०७ साउन २०८३, बिहीबार

न्यूयोर्कमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित ४ जनाको मृत्यु

साउन १३, २०८२
काठमाडौं
न्यूयोर्कमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित ४ जनाको मृत्यु
तस्वीर : एपी

अमेरिकाको न्यूयोर्कमा भएको गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको छ। मृतकहरूमा एक अफ ड्युटी न्यूयोर्क प्रहरी अधिकारी पनि बीबीसीले जनाएको छ ।

न्यूयोर्क शहरको मिडटाउन म्यानहट्टनमा स्थानीय समयानुसार सोमबार साँझ साढे ६ बजेतिर गोली चलेको हो । पार्क एभिन्यूको एक भवनमा गोलीकाण्ड भएको हो, जहाँ प्रमुख अमेरिकी वित्तीय कम्पनीहरूका कार्यालयहरू छन् ।

न्यूयोर्कका मेयरले घटनामा ४ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ । उनका अनुसार मृत्यु हुनेमा न्यूयोर्कका एक प्रहरी अधिकारी पनि छन् ।

सीबीएस रिपोर्टका अनुसार, ड्युटीमा नरहेका तर भवनमा सुरक्षाको रूपमा काम गरिरहेका दुई न्यूयोर्क प्रहरी अधिकारीहरूलाई गोली हानी मारिएको छ ।​

न्यूयोर्क प्रहरी स्रोतहरूले अमेरिकी मिडियालाई आक्रमणकारीको पहिचान शेन डी तामुराको रूपमा गरिएको बताएका छन् । प्रहरीले आधिकारिक रूपमा यसको पुष्टि गरेको छैन ।



 

salt training

कमेन्ट गर्नुहोस्