०४ साउन २०८३, सोमबार

पतञ्जली जग्गा प्रकरणमा पूर्वसचिव पन्तसँग ५ लाख धरौटी माग

साउन १३, २०८२
काठमाडौं
पतञ्जली जग्गा प्रकरणमा पूर्वसचिव पन्तसँग ५ लाख धरौटी माग

विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा तत्कालीन भूमिसुधार सचिव छविराज पन्तसँग ५  लाख रूपैयाँ धरौटी माग्न आदेश गरेको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तसँग ५ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । 

पन्तले तत्कालीन अवस्थामा पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेका थिए ।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पन्तविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटी छाड्न आदेश दिइसकेको छ । उनी अहिले अदालतले मागेको धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । उनले वारेसको निवेदन दिए पनि विशेष अदालतले नेपाललाई वारेस दिन भने अस्वीकार गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्