०२ साउन २०८३, शनिबार

यसरी हुँदैछ सुनकोशी मरिन डाइभर्सनको काम, हेर्नुहोस् तस्वीरहरू [फोटो फिचर]

साउन १४, २०८२
काठमाडौं
यसरी हुँदैछ सुनकोशी मरिन डाइभर्सनको काम, हेर्नुहोस् तस्वीरहरू [फोटो फिचर]

मध्य तराईंका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडि बढाइएको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम सुस्त गतिमा अघि बढिरहेको छ । 

null

हाल सरकारले विपत्‌ग्रस्त क्षेत्र र प्रदेशले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेशमा सिँचाइ सुविधा पुर्‍याउन आयोजना अगाडि बढाइएको थियो । 

एक वर्षअघि नै आयोजनाको सुरुङ ब्रेक थ्रु गरिए पनि बाँध निर्माणको काम प्रभावकारी रूपमा हुन सकेको छैन । 

null

१४ अर्ब सात करोड ५९ लाख रुपैयाँ लागतमा बाँध निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ३० महिनामा ७ प्रतिशत मात्र काम गरेको छ । 

आयोजनाले सुनकोशी नदीको पानीलाई सुरुङमार्फत् कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालिने छ भने त्यहाँबाट मरिन नदी हुँदै बागमती ब्यारेकबाट तराईं मधेशका खेतमा सिँचाई गर्ने योजना छ ।

null
  
हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ । २०८४ असोज सम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न लक्ष्य रहेको आयोजनाले जानकारी दिएको छ । तर, निर्धारित समयमा सम्पन्न हुने सम्भावना भने न्यून छ । 

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्