२८ असार २०८३, आइतबार
राष्ट्र बैंकको निर्देशन अवज्ञा

कहिलेदेखि शुरू हुन्छ अन्तर-वालेट कारोबार ?

साउन १६, २०८२
काठमाडौं
कहिलेदेखि शुरू हुन्छ अन्तर-वालेट कारोबार ?

नेपाल राष्ट्र बैंकको निर्देशनपछि पनि अन्तर–वालेट कारोबार हुनसकेको छैन । केन्द्रीय बैंकले निर्देशन दिएको साढे तीन वर्षसम्म पनि वालेट कम्पनीहरू एक–आपसमा आबद्ध नहुँदा अन्तर–वालेट कारोबार हुन नसकेको हो । 

अधिकांश वालेटहरूले एक–अर्काको कारोबार स्वीकार गर्दैनन् । अर्थात् एउटा वालेटको व्यक्तिगत खातावालाबाट अर्को फरक वालेटमा कारोबार हुँदैन । 

नेपाल राष्ट्र बैङ्कले २०७८ माघमा नै वालेट सेवा प्रदायकहरूलाई अन्तर वालेट कारोबार खुलाउन अर्थात् एक आपसमा अन्तर आबद्ध हुन निर्देशन दिएको थियो । तर, निर्देशन दिएको साढे तीन वर्ष भइसक्दा पनि वालेटहरू एक–आपसमा अन्तर आबद्ध हुन नसकेका हुन् । 

मोबाइल वालेट प्रयोग गर्दा एउटा वालेटबाट अर्को फरक वालेटमा कारोबार गर्न मिल्दैन । त्यसका लागि छुट्टै व्यवसयिक खाता खोल्नुपर्छ वा मर्चेन्ट भएको खाता खोज्नुपर्छ । जस्तै, ईसेवामा खाता भएको एउटा व्यक्तिले खल्तीको वालेट खातामा रकम ट्रान्फर अथवा भुक्तानी गर्न सक्दैन । ई–सेवाको क्यूआर खल्तीमा चल्दैन भने खल्तीको क्यूआर ई सेवामा चल्दैन । यस्ता वालेट कम्पनीहरू एक अर्कामा अन्तर आबद्ध नहुँदा उपभोक्ताहरूलाई कारोबार गर्न समस्या परिरहेको छ । 

ई–सेवा, खल्ती र फोन पेजस्ता ठुला वालेटहरूको अन्तर वालेट कारोबार खुलाएका छैनन् । यद्यपि व्यवसायीक खातामा भने अन्तर-वालेट कारोबार गर्न सकिन्छ ।

ग्राजुअल्ली वालेटहरू इन्टर अप भइरहेको तर, केही वालेटको हकमा हुन नसकेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए । सबै वालेटहरूको कारोबार इन्टर अप हुन नसके पनि केही हदसम्म कारोबार भइसकेको उनको भनाइ छ । ‘अन्य मर्चेन्टहरूमा इन्टर अप भइरहेकै छ । तर, व्यक्तिले गर्ने कारोबारमा ग्याप देखिएको हो । एउटै नेटवर्क भएमा इन्टर अप गर्न सकिन्छ भने एउटै नभएमा धेरै कुरा हेर्नुपर्ने हुन्छ’, उनले भने, ‘अहिले पहिलेभन्दा निकै सहज भइसकेको छ । बाँकी वालेट अन्तर आबद्धता भइरहेकै छन् ।’ 

प्रत्येक महिना मोबाइल वालेटबाट मासिक ३ करोड ७८ लाख पटकको लेनदेन हुने गरेको छ ।

खल्ती, ई–सेवा र फोनपेसँग इन्टरलिङ्क गर्नेबारे छलफल चलिरहेको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । तीनै पक्ष सकारात्मक रहेको र चाँडै वालेट अन्तर कारोबार खुल्ने उनको भनाइ छ । ‘पहिलेदेखि नै यसमा हामी पोजेटिभ थियौँ । वालेटहरू अन्तरआवद्ध हुन छलफल चलिरहेको छ,’ उनले भने, ‘चाँडै हाम्रो अन्तर वालेट कारोबार हुनेछ । यसका लागि ई सेवा, फोन पे र खल्ती तीनै गर्नुपर्छ भन्नेमा छौं ।’

इन्टरगेट टेक्निकल विषय भएकोले केही समय लागेको र छिट्टै सबै वालेटहरूमा सबैको कारोबार चल्ने उनको भनाइ छ । 

अहिले पाय: धेरैले मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्युआर, वालेट, कनेक्ट आईपीएसलगायत माध्यमहरू प्रयोग गरिरहेका छन् ।  डिजिटल कारोबारतिर नेपालीहरूले पहुँच बढ्दै गइरहेको छ । त्यसैले पनि सबैभन्दा बढी प्रयोग गरिने वालेटहरूको अन्तर आबद्धता आवश्यक रहेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्