
काठमाडौं, २३ मंसिर - बर्दियाको क्षेत्र नम्बर एकमा नेकपा एमालेका नेता बामदेब गौतमले प्रतिस्पर्धीसँगको मत अन्तर घटाइरहेका छन् । विहान ४ हजार रहेको मत अन्तर घटाउँदै गौतमले अहिले १६ सयमा झारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार काग्रेसका संजय गौतम ४२ हजार ८ सय १५ मत ल्याएका छन् भने एमालेका वामदेव गौतम ४१ हजार १ सय ६५ मत ल्याएका छन् । कांग्रेसका गौतम १६ सय ५० मतले अघि छन् ।