
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर दर्शन गर्नका लागि बर्खा याममा पनि भारतीय पर्यटकको भीडभाड। भारतको अत्यधिक गर्मी छल्न यतिबेला मुस्ताङमा पूजाआजासँगै दृश्यावलोकन गर्न उनीहरू मुस्ताङ आएका हुन् । तस्वीर : सुशीलबाबू थकाली/रासस