
सप्तरी, २४ मंसिर— सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् । उनले २४ हजार १ सय १३ मतसहित विजयी हासिल गर्दा निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका मृगेन्द्रसिंह यादवले १४ हजार ८ सय ८६ मत प्राप्त गरे ।
यसैगरी तेह्रथुममा एमालेका भवानीप्रसाद खापुङ विजयी भएका छन् । २१३३५ मतसहित उनी विजयी हुँदा कांग्रेसकी सीता गुरुङले १९३१४ मत पाइन्।