२७ जेठ २०८३, बुधबार
क्याम्पस प्रमुखमाथि प्रश्न

पिपल्स क्याम्पस प्रमुखको उमेर र प्रमाणपत्रमा प्रश्न : नाम-थर र जन्म मिति नै तीनथरि !

साउन २१, २०८२
काठमाडौं
पिपल्स क्याम्पस प्रमुखको उमेर र प्रमाणपत्रमा प्रश्न : नाम-थर र जन्म मिति नै तीनथरि !

काठमाडौंको पकनाजोलस्थित पिपल्स क्याम्पसका प्रमुख मनोजबहादुर कुँवरको विभिन्न कागजातमा फरक-फरक जन्म मिति उल्लेख भएको पाइएको छ ।  

उनले क्याम्पसमा पेश गरेको व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा नाम-थर र जन्म मिति अलग-अलग उल्लेख भएको पाइएको हो ।

२०४५ चैत १ गतेदेखि त्यस क्याम्पसमा प्रशासन क्षेत्रमा काम गर्न शुरू गरेका कुँवर पछि प्राध्यापन पेशामा आबद्ध हुँदै २०७९ असार १९ गतेदेखि क्याम्पस प्रमुखका रूपमा कार्यरत छन् ।

null

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त सामुदायिक क्याम्पसमा टेन प्लस टुका साथै स्नातक तहमा बीबीएम, बीबीएस र बीबीए तथा स्नातकोत्तर तहमा एमबीएसको पढाई हुन्छ ।

सामुदायिक भएकाले सो क्याम्पसलाई त्रिभुवन विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारबाट समेत वार्षिक अनुदान दिने गरिन्छ । टेन प्लस टुको समेत पढाई हुने हुनाले नेपाल सरकार उच्च माध्यमिक शिक्षा परिषदद्वारा उच्च माध्यमिक विद्यालयलाई दिइने सुविधा समेत वार्षिक रूपमा उपलब्ध गराउने गरिएको छ ।

त्यसबाहेक बागमती प्रदेश सरकारले समेत अनुदान दिने गरेको छ ।

सर्लाहीको लालबन्दी घर भएका क्याम्पस प्रमुख कुँवरको फरक-फरक जन्म मिति, शैक्षिक योग्यताको प्रमाणपत्रमा छेडखानीसहित विभिन्न विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्रमा २०८१ फागुन १ गते उजुरी परेको थियो ।

शैक्षिक योग्यताको प्रमाणपत्रमा उनको जन्म मिति २०१८ कात्तिक ५ गते उल्लेख भएको अवस्थमा पछि सच्याएर २०२० असार ४ गते बनाएको भन्दै छानबिनका लागि उजुरीमा परेको थियो ।

पिपल्स क्याम्पसको प्राध्यापन तथा प्रशासन सेवा शर्त नियमावली,२०६६ को दोस्रो संशोधन,२०८० मा नियमित शिक्षक, कर्मचारी तथा पदाधिकारीको हकमा ६३ वर्ष उमेर पूरा भएमा सोलाई आधार मानी नियमित/पूर्णकालीन सेवाबाट अवकाश प्रदान गरिने उल्लेख भएबमोजिम २०८१ कात्तिक ५ गते नै ६३ वर्ष उमेर पूरा हुँदा अवकाश हुनुपर्नेमा नभएको उजुरीमा दाबी गरिएको छ ।

मासिक तलब १ लाख रूपैयाँभन्दा बढी बुझ्दै आएका कुँवरले गैरकानूनी तरिकाले पदमा बहाल रही तलब भत्ता, उपदान, कल्याण कोषलगायतका सेवा सुविधाबाट लाभान्वित भइरहेको उजुरीमा दाबी गरिएको छ ।

वास्तविक उमेरको आधारमा उनी सेवानिवृत्त भइसक्नुपर्नेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मितिमा छेडखानी गरेको भन्दै कुँवरलाई पदच्युत गरी २०८१ कात्तिक ५ गतेदेखि बुझेको तलब भत्ता, उपदान, कल्याण कोष लगायतका सुविधाहरू ब्याजसहित असुलउपर गर्न समेत उजुरीमा माग गरिएको छ ।

यस्तो छ नालीबेली

२०६२ साल भदौ ५ गते क्याम्पसमा बुझाएको व्यक्तिगत विवरणमा उनले आफ्नो नाम मनोज कुँवर उल्लेख गरेका छन् । जन्म मितिको कोलममा २०१८ कात्तिक ५ गते उल्लेख गरिएको छ ।

null

शैक्षिक योग्यता एमबीएस रहेको, अध्यापन गर्ने विषय एकाउन्ट र फाइनान्स रहेको उनले उल्लेख गरेका छन् । त्यसपछि स्नातक, प्रवीणता प्रमाण पत्र तह आदिको शैक्षिक योग्यताका विषयमा व्यक्तिगत विवरणमा उनले केही पनि उल्लेख गरेका छैनन् ।

२०३८ सालमा जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरेको आईए (प्रवीणता प्रमाणपत्र तह) को सर्टिफिकेटमा उनको नाम मनोज के.सी. उल्लेख छ ।

null

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले प्रमाणित गरेको उनको आईएको ट्रान्सक्रिप्टमा जन्म मिति २०१८ कात्तिक ९ गते रहेको उल्लेख छ ।

null

त्यसपछि उनले सोही क्याम्पसबाट २०४१ सालमा बीकम उत्तीर्ण गरेका थिए । २०४२ माघ १७ गते उनले त्यस क्याम्पसबाट प्राप्त गरेको क्यारेक्टर सर्टिफिकेटमा समेत उनको नाम मनोज केसी नै उल्लेख छ ।

त्यस क्यारेक्टर सर्टिफिकेटमा पनि उनको जन्म मिति २०१८ कात्तिक ५ गते उल्लेख छ । प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्रमा भने २०१८ कात्तिक १९ गते उल्लेख छ ।

त्यसपछि उनले २०८१ भदौ २ गते स्नातक तहको क्याम्पस लिभिङ सर्टिफिकेट र क्यारेक्टर सर्टिफिकेटको प्रतिलिपि लिँदा जन्म मिति र कोर्सको नाम नै फरक पारेर लिएको पाइएको छ ।

२०४१ सालमा उनले बीकम गरे पनि २०८१ सालमा उनले लिएको त्यस सर्टिफिकेटमा कोर्सको नाम बीकम उल्लेख नगरी बीबीएस उल्लेख गरेको पाइएको छ ।

null

त्यसैगरी, उनको जन्म मिति पनि फरक पारिएको छ ।

२०४२ सालको साविकको सर्टिफिकेटमा जन्म मिति २०१८ कात्तिक ५ गते उल्लेख भएपनि २०८१ सालमा क्याम्पसबाट प्रदान गरिएको अर्को सर्टिफिकेटमा २०२० साल असार १४ गते उल्लेख गरिएको छ ।

त्यस विषयमा राष्ट्रिय सतर्कता केन्द्रले २०८२ वैशाख १७ गते जनकपुरको राराब क्याम्पसलाई फरक कोर्स, फरक जन्म मिति कसरी हुन गएको हो भन्ने कुरा खुलाई लेखी पठाउन पत्राचार गरेको थियो ।

२०८२ साउन १२ गते उक्त क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. वसन्तकुमार कर्णले केही कर्मचारीहरूले आवश्यक रेकर्ड खोजबिन नै नगरी, फेला नै नपारी, अन्दाजको भरमा जानाजान विवरण उल्लेख गरिदिएको खुलाएका छन् ।

त्यस कार्यमा संलग्न रहेका तीनजना कर्मचारीहरूलाई आवश्यकता अनुसार कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन समेत कर्णले केन्द्रलाई पत्राचार गरेका छन् ।

‘विद्यार्थी मनोज केसीले यस राराब क्याम्पसबाट २०८१ भदौ २ मा लिएको क्यारेक्टर सर्टिफिकेटको प्रतिलिपिमा बीकम हुनुपर्नेमा बीबीएस उल्लेख भएको र जन्म मिति पनि शंस्कास्पद रहेको क्यारेक्टर सर्टिफिकेट यस कार्यालयको शैक्षिक प्रशासन व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरूले आवश्यक रेकर्डहरू खोजबिन नै नगरी, फेला नपारिकन, अन्दाजको भरमा जानाजानी शंकास्पद तरिकाले गलत व्यहोरा र जन्म मिति उल्लेख गरी तयार गर्ने काम गरेकाले कर्मचारी सन्तोष सिंह महतो कुशवाहा, भेरिफाइ गर्ने सञ्जीवकुमार यादव र आधिकारिक हस्ताक्षर गर्ने सहायक क्याम्पस प्रमुख डा. विनोदलाल कर्णलाई आवश्यकताअनुसार कारबाही गर्ने प्रक्रिया अगाडि बढाउन सिफारिसका साथ अनुरोध छ,’ क्याम्पस प्रमुख कर्णले केन्द्रलाई पठाएको पत्रमा उल्लेख छ ।

२०३७ साल असार १४ गते उनले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकताको प्रमाणपत्र लिएको देखिन्छ । २०७१ जेठ १८ गते उनले लिएको नागरिकताको प्रतिलिपिमा नाम मनोजबहादुर कुँवर उल्लेख छ ।

त्यसैगरी, जन्म मितिमा त्यतिबेलाको उमेर १७ वर्ष लेखिएको उल्लेख छ । त्यसबमोजिम उनको जन्म मिति २०२० असार १४ गते हुन्छ ।

null

null२०७१ कात्तिक २ गते इलाका प्रशासन कार्यालय हरिवन, सर्लाहीले मनोज केसी, मनोजबहादुर कुँवर, मनोज कुँवर तीनवटै नाम गरेका व्यक्ति एकै रहेको भनी प्रमाणित गरिदिएको छ । तर, जन्म मितिको बारेमा त्यस सिफारिश पत्रमा केही खुलाइएको छैन ।

null

क्याम्पस प्रमुख बनिराख्न उमेर हद बढाइयो

पिपल्स क्याम्पसको विधान २०८१ मा क्याम्पस प्रमुखको अवकाश उमेर हद ६३ वर्षबाट बढाएर ६५ वर्ष बनाइएको छ । जबकि त्रिभुवन विश्वविद्यालयको स्थायी शिक्षक एवं कर्मचारीहरूको अवकाशको उमेर हद ६३ वर्ष मात्र छ ।

सोही क्याम्पसको विधान २०८१ को दफा ३८ मा उक्त विधानमा उल्लिखित कुराहरू प्रचलित नियम कानूनसँग बाझिएमा बाझिएको हदसम्म स्वतः निष्क्रिय हुने उल्लेख छ । त्यस विषयमा पनि खुलाई पठाइदिन भन्दै सतर्कता केन्द्रले २०८२ चैत १२ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयलाई पत्राचार गरेको थियो ।

६३ वर्षको सट्टा अवकाशको उमेर ६५ वर्ष बनाउनु त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० को प्रतिकूल रहेको भन्दै उपकुलपतिको कार्यालयले सतर्कतालाई जवाफ पठाएको छ ।

यी सबै विषयमा कुँवरसँग पनि सतर्कता केन्द्रले लिखित जवाफ माग गरेको थियो । २०८१ चैत ५ गते उनले जवाफ पठाएका थिए । उमेरको फरकबारे आफूलाई थाहा नभएको जवाफ उनले दिएका छन् ।

‘नेपाल सरकारको कुनै पदमा रहेको भए नागरिकता र शैक्षिक प्रमाणपत्रमा रहेको उमेरको फरक पहिले नै थाहा हुन्थ्यो। सधैँभरि निजी तथा सामुदायिक शैक्षिक संस्थामा काम गरेका कारण ती कुराहरूमा ध्यान गएन । नागरिकता प्रमाणपत्रको जन्म मिति सच्याउन सकिँदैन, किनभने त्यसको आधिकारिक विवरण नेपाल सरकारको जिल्ला प्रशासन कार्यालयमा रहेको हुन्छ । सो रेकर्डमा रहेको जन्म मिति शैक्षिक प्रमाणपत्रमा रहेको जन्म मिति फरक परेमा नागरिकतामा उल्लेखित जन्म मिति विवरण नै आधिकारिक हुन्छ भन्ने सर्वमान्य सिद्धान्त हो,’ उनले जवाफमा भनेका छन् ।

त्यसैगरी, २०३७ सालतिर जन्मदर्ताको प्रचलन नभएर उक्त समस्या आएको जिकिर उनले गरेका छन् ।

‘२०३७ सालतिर जन्मदर्ताको चलन  थिएन । नागरिकतामा समेत वर्ष/उमेर मात्र लेख्ने चलन थियो । नेपाली कागजमा फोटो टाँसेर विवरण उल्लेख गर्ने चलन थियो । नेपाली कागजमा रहेको मेरो नागरिकता विवरणमा आधारित भएर नै मैले प्रतिलिपि लिएको हुँ । सो कागज च्यातिएर थोत्रो भए‌को कारणले सोही जिल्ला प्रशासन कार्यालयमा निवेदन दिई प्रक्रिया पुर्‍याई मैले प्रतिलिपि लिएको हुँ,’ कुँवरले पठाएको जवाफमा उल्लेख छ ।

यस विषयमा सतर्कता केन्द्रले अनुसन्धान टुंग्याइसकेको छैन । ‘थुप्रै कैफियतहरू देखिएको छ । थप छानबिन हुँदैछ,’ सतर्कता स्रोतले लोकान्तरसँग भन्यो, ‘केहीदिनमै छानबिन टुंग्याएर आवश्यक निर्णय गर्छौं ।’

थप कागजात :

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्