२९ असार २०८३, सोमबार

जम्मू–कश्मीरको किश्तवाड सेना र आतंकवादीबीच गोली हानाहान

साउन २५, २०८२
काठमाडौं
जम्मू–कश्मीरको किश्तवाड सेना र आतंकवादीबीच गोली हानाहान

भारतको जम्मू–कश्मीर क्षेत्रमा फेरि सेना र आतंकवादीबीच गोली हानाहान भएको छ । 

जम्मू–कश्मीरको किश्तवाड जिल्लामा सेनाको केही आतंकवादीसँग मुठभेड भएको  र उपत्यकाको डुल क्षेत्रमा गोलीबारी चलिरहेको हिन्दूस्तान टाइम्सले लेखेको छ । 

सेनाका जवानहरूले खुफिया जानकारीमा आधारित अपरेसन सञ्चालन गरेपछि मूठभेड भएको हो ।

‘गोलीबारी भएको छ । अपरेसन जारी छ’, वाइट नाइट कोरप्सले सामाजिक सञ्जाल एक्समा लेखेको छ । 

कुलगाम जिल्लामा रातिको गोलीबारीमा दुई सैनिकको मृत्यु भएपछि चिनार कोर्प्सले अपरेसन अखाल जारी राखेको छ । मृत्यु हुने सैनिकमा प्रितपाल सिंह र सेपाय हर्मिन्दर सिंह रहेका छन् । 

सुरक्षाकर्मीहरूले आतंकवादीहरूको उपस्थिति सम्बन्धी विशेष सूचनाको आधारमा अगस्त १ मा अपरेसन शुरू गरेका थिए । 

कुलगाम गोलीबारीमा भारतीय सेना, जम्मू–कश्मीर प्रहरी, विशेष अपरेशन समूह लगायत सहभागी थिए । उक्त घटनामा कम्तीमा एक आतंकवादीको मृत्यु भएको छ । अपरेशन अझै जारी छ।

salt training

कमेन्ट गर्नुहोस्