
साताको अन्तिम कारोबारका दिन सेयरबजारमा झिनो अंकले वृद्धि भएको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६२ अंकले बढेर २७८८.३६ को विन्दुमा कायम भएको हो ।
यसदिन बजारमा १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ को विन्दुमा बन्द भएको थियो ।
आज नेपाल रिपब्लिक मिडिया, पञ्चकन्या माइ हाइड्रोपावर, कुमारी सबल योजना र राधी विद्युत कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एसिया सिलेक्ट फन्ड र एनआईसी एसिया ब्यालेन्सड फन्डका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
बुधबार बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब रूपैयाँ बढी रहेको छ ।