०५ साउन २०८३, मंगलबार

नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त

भदौ २, २०८२
काठमाडौं
नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा घिमिरे नियुक्त

नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । 

उनलाई २०८२ भदौ १ गतेको उपप्रधान एवं अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एम. ए. र एम.पी.ए. गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन् ।

उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा कार्य गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्