०३ साउन २०८३, आइतबार

विदेश भ्रमणको खर्च शङ्कास्पद देखिएपछि श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमसिंघे पक्राउ

भदौ ६, २०८२
काठमाडौं
विदेश भ्रमणको खर्च शङ्कास्पद देखिएपछि श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमसिंघे पक्राउ

श्रीलंकाका पूर्वराष्ट्रपति रनील विक्रमसिंघेलाई त्यहाँको अपराध अनुसन्धान विभाग (सीआईडी)ले पक्राउ गरेको छ ।

राष्ट्रपति हुँदा गरेका विदेश भ्रमणसम्बन्धी छानबिनको बयान दिन सीआईडी कार्यालय पुगेका उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो ।

पछि उनलाई कोलम्बोको कोट्टे महादेव अदालतमा उपस्थित गराइएको छ भने अदालत परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

यसअघि नै सीआईडीले सो प्रकरणमा अनुसन्धान अघि बढाएको थियो । गत जुन २४ मा अदालतमा प्रारम्भिक प्रतिवेदन बुझाइएको थियो ।

उपलब्ध विवरणअनुसार, २०२२ जुलाई २० देखि २०२४ सेप्टेम्बर २३ सम्मको दुई वर्षभन्दा कम अवधिमा राष्ट्रपति रहेका विक्रमसिंघेले २३ वटा विदेश भ्रमण गरेका थिए । ती भ्रमणहरूमा ६ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको बताइएको छ ।

यो विषयमा भइरहेको अनुसन्धान र अदालतको निर्णयलाई अहिले श्रीलंकाको राजनीति र सार्वजनिक चासोका रूपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्