२१ जेठ २०८३, बिहीबार
असोज १ देखि इम्बोस्ड अनिवार्य​

इम्बोस्ड अनिवार्यको सूचनापछि थामिनसक्नु भीड, आतंकित नहुन विभागको आग्रह [भिडियो स्टोरी]

भदौ १०, २०८२
काठमाडौं

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सूचनापछि यातायात व्यवस्था विभागमा सर्वसाधारणको भीड लाग्न थालेको छ ।

विभागले भदौ ३ गते एक सूचना प्रकाशित गरी असोज १ गतेदेखि नवीकरण, नामसारी लगायतका काममा इम्बोस्ड अनिवार्य गर्ने जनाएको थियो ।

त्यसलगत्तै, यातायात कार्यालयमा इम्बोस्ड नम्बर जडानका लागि सर्वसाधारणको भीड देखिएको हो ।

null

काठमाडौंको गुर्जुधारामा रहेको यातायात कार्यालयमा दुई पाङ्ग्रे सवारीमा इम्बोस्ड नम्बर जोड्न सोमबार सर्वसाधारणको भीड लागेको थियो । सरकारको सूचनापछि नम्बर फेर्न आएको प्रेमकुमारी पुरीले बताइन् ।

अधिकांश सेवाग्राहीले सरकारले असोज १ गतेदेखि कडाइ गर्ने बताएकाले आफूहरू अरू काम छाडेर इम्बोस्ड नम्बर जडान गर्न आएको बताएका थिए ।

विभागका सूचना अधिकारी गणेशमान सिंह राईले असोज १ बाट पूरै कार्यान्वयनमा जाने नभई सो मितिदेखि नवीकरण र नामसारीमा अनिवार्य गर्न लागिएको बताए ।

null

उनले सेवाग्राहीलाई आतंकित नबन्न आग्रह गरे ।

तर, भर्खरै कर तिरेर नवीकरण गरेका सवारी धनीले आफूले कत तिर्ने बेलासम्ममा नवीकरण गर्न सकिने राईले बताए ।

२०७३ सालदेखि नै कार्यान्वयनमा आउने भनिएको इम्बोस्ड विभिन्न कारणले ढिला हुँदै आएको थियो ।

null

साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशका मन्त्रीसहितको बैठकले असोज १ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्दै जाने निर्णय गरेको थियो ।

सूचना अधिकारी राईले सामाजिक सञ्जालमा विरोध भए पनि विभागको जनशक्तिले अहिले इम्बोस्ड नम्बर जडानको व्यवस्थापन गर्न सकेको दाबी गरे ।

प्रयोगका लागि पर्याप्त पूर्वाधारविना इम्बोस्ड नम्बर जडानमा हतार गरिएको भन्दै सेवाग्राहीले भने विरोध गरिरहेका छन् । इम्बोस्ड नम्बर प्लेटको गुणस्तरीयतामा समेत सेवाग्राहीले प्रश्न उठाइरहेका छन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्