३१ असार २०८३, बुधबार

पेन इन्टरनेशनद्वारा अध्यात्म र कवितामाथि विमर्श

भदौ १५, २०८२
काठमाडौं
पेन इन्टरनेशनद्वारा अध्यात्म र कवितामाथि विमर्श

पेन इन्टरनेशन नेपाल च्याप्टरले शनिबार अध्यात्म र कविता शीर्षकमा कविता गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

भारतका प्रसिद्ध दार्शनिक लेखक प्रोफेसर सेहदेव कुमार नेपाल आएको अवसरमा उनकै प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कविहरूले अध्यात्म साहित्य सिर्जनाको अभिन्न अंङ्ग भएको चर्चा गरे ।

उनीहरूले कार्यक्रममा आध्यात्मिक चेतना,प्रकृतिप्रेम र राष्ट्र भक्तिका कविताहरू सुनाए । लेखक सहदेव कुमारले अध्यात्ममा अपार शक्ति र आनन्द प्राप्त हुने हुनाले विज्ञान भन्दा माथि अध्यात्म रहने चर्चा गरे ।

अन्य वक्ताहरू साहित्यकार तथा प्राध्यापक कृष्ण चन्द्र शर्मा, विधान आचार्य,लिटल एन्जल स्कूलका प्राचार्य मुकुन्दराज शर्मा, पेन नेपालका अध्यक्ष भीष्म उप्रेतीले साधना र सिर्जनाका लागि अध्यात्म अपरिहार्य रहेको कुरामा जोड दिए । 

साहित्यकारहरू डा. मित्रबन्धु पौडेल, एलबि क्षेत्री, हिरण्य कुमारी पाठक, लालबहादुर भुजेल, निलिमा मास्के, उजाला कपाली, रुप सिंह भण्डारी, डा.राजुबाबु श्रेष्ठ, रजनी ढकाल, गोविन्द मान सिंह कार्की, कशिराज आचार्य, शिरोमणि दवाडी, कुमार न्यौपाने, द्रोण पराजुली, सफलता पराजुली लगायतले कविता प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्