
सुनसरी, २७ मंसिर– सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएकाछन् । उनले वाम गठवन्धनकी भगवती चौधरीलाई ३२१ मतले पछिपार्दै विययी भएका हुन् । लामो रस्साकस्सीपछि गच्छदार विजयी भएका हुन् । गच्छदारले ३८,९७२ मत ल्याएका छन् भने चौधरीले ३८,६५१ मत प्राप्त गरेकीछन् ।
कांग्रेसको तर्फबाट यो नै उपप्रधानमन्त्रीको पहिलो जित हो । मतगणनादेखि नै अग्रता लिइरहेकी वाम गठवन्धनकी चौधरी पछिल्लो समय भने कांग्रेसका गच्छदारभन्दा पछाडि परेकी थिइन् । कांग्रेस उम्मेदवार गच्छदारले मंगलवार राति १२ बजेदेखि अग्रता हासिल गरेका थिए ।
कडा प्रतिस्पर्धाका कारण केही समय मतगणना स्थगीत समेत भएको थियो । यो सँगै प्रत्यक्ष तर्फ १६५ सिटकै नतिजा सार्वजनिक भएको छ ।