०५ साउन २०८३, मंगलबार

विद्या भण्डारीको सन्देश भन्दै एमाले विधान महाधिवेशनस्थलमा बाँडिँदैछ चिठी [तस्वीरहरू]

भदौ २०, २०८२
काठमाडौं
विद्या भण्डारीको सन्देश भन्दै एमाले विधान महाधिवेशनस्थलमा बाँडिँदैछ चिठी [तस्वीरहरू]

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरू भएको छ ।

उद्‌घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याएका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे ।

ओलीले यसो भनिरहँदा महाधिवेशन स्थलमा विद्या भण्डारीको सन्देश भन्दै चिठी वितरण भइरहेको थियो । आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य रहेको चिठी बाँड्नेहरूले बताएका छन् ।​

तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

 

salt training

कमेन्ट गर्नुहोस्