२७ जेठ २०८३, बुधबार

‘पतिको घरमा जान्नँ’ भन्दै एक महिला टेलिफोन टावरमा चढेपछि...

भदौ २२, २०८२
काठमाडौं
‘पतिको घरमा जान्नँ’ भन्दै एक महिला टेलिफोन टावरमा चढेपछि...

सामान्यतया विवाहित महिलाले आफ्नो पतिको घरलाई आफ्नै घर ठान्छिन् । घरजम गरेर गएपछि उनले उक्त घरव्यवहार धान्छिन् । बेला बेला माइती जाने गरेपनि मूलत: उनले पतिको घर फर्केर आउनुपर्छ । 

तर, भारतको चम्पारण जिल्लाको हरसिद्धि थाना क्षेत्रअन्तर्गत शनिबार एक अनौठो घटना भएको छ। ‘म पतिको घरमा जाँदिनँ’ भन्ने अडानसहित एक महिला बजारको टेलिफोन टावरमा चढिन् । त्यसपछि उक्त क्षेत्रभर हंगामा मच्चियो । घटना थाहा पाएलगत्तै स्थानीयवासीहरू भेला भए र प्रहरी पनि तत्काल घटनास्थल पुगे ।

हरसिद्धि बजारकी ती महिला अचानक टेलिफोन टावरमा चढेर हंगामा गर्न थालिन् । स्थानीयले उनलाई तल झर्न आग्रह गरे पनि उनले मानिन् ।

उनले आफ्नो पतिको घरमा बस्न नचाहने बताइन् । केही व्यक्तिले टावर चढेर उनलाई तल झार्ने प्रयास गर्दा उनले आफैंलाई क्षति पुर्‍याउने धम्की दिइन् ।

घटनाको सूचना पाएलगत्तै हरसिद्धि प्रहरी टोली घटनास्थल पुगे र धेरै प्रयासपछि महिलालाई सुरक्षित तल झारेको थियो ।

प्राप्त जानकारीअनुसार, महिलाले करिब १० दिनअघि मात्र बच्चालाई जन्म दिएकी थिइन् । उनको गत वर्ष धूमधामका साथ विवाह भएको थियो । विवाहपछि बिदाई दिइए पनि माइती फर्केपछि उनी त्यहीँ बस्दै आएकी थिइन् । 

यस विवाद समाधानका लागि समाजको पञ्चायत पनि बसेको थियो, तर महिला आफ्नो अडानमै अडिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्