![सडकमा उत्रिए जेनजी, स्कुल-कलेजको ड्रेसमै माइतीघरमा प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/gen_z_2_U3jbxIhcA2.jpg)
भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरूले प्रदर्शन शुरू गरेका छन् ।
उनीहरू स्वत:स्फूर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।
कतिपय युवाहरू कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् ।
उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
हेर्नुहोस् जेनजीहरूको प्रदर्शन :









