
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबार प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ रुपैयाँ पुगेको छ ।
आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।