२७ असार २०८३, शनिबार

दक्षिण कोरियाको व्यापार क्षेत्रमा सकारात्मक प्रगति, रोजगारीमा पनि वृद्धि

असोज ७, २०८२
काठमाडौं
दक्षिण कोरियाको व्यापार क्षेत्रमा सकारात्मक प्रगति, रोजगारीमा पनि वृद्धि

दक्षिण कोरियामा सन् २०२४ मा व्यवसायहरूको सङ्ख्या वृद्धि भएको छ । यो वृद्धि विशेष रूपमा विद्युत् तथा प्राकृतिक ग्याँस, साथै थोक तथा खुद्रा क्षेत्रको विस्तारका कारण भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्याङ्क अनुसार, सन् २०२४ को अन्त्यसम्म देशभर ६३ लाख ५३ हजार ६७३ व्यवसायहरू दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.७ प्रतिशतले वृद्धि भएको हो ।
हाल निर्माण तथा रियल स्टेटसम्बन्धी व्यवसायहरूको सङ्ख्या केही घटेको देखिए तापनि, विद्युत् तथा प्राकृतिक ग्याँस कम्पनीहरूको सङ्ख्या उल्लेखनीय रूपमा, अर्थात् ३३.७ प्रतिशतले बढेको छ । त्यसैगरी, थोक तथा खुद्रा व्यवसायहरूमा पनि २.३ प्रतिशतको वृद्धि देखिएको छ ।

व्यवसायको सङ्ख्या अनुसार, थोक तथा खुद्रा क्षेत्र सबैभन्दा अगाडि रहेको छ, जहाँ १६ लाख १२ हजार ८२५ व्यवसायहरू सञ्चालनमा छन् । त्यसपछि आठ लाख ५८ हजार ३७३ व्यवसायहरू सहित आतिथ्य (लजिङ तथा रेस्टुरेन्ट) क्षेत्र दोस्रो स्थानमा छ र ६ लाख ७३ हजार ३२४ व्यवसायहरू सहित यातायात क्षेत्र तेस्रो स्थानमा रहेको छ ।
व्यवसायहरूद्वारा कुल दुई करोड ५७ लाख ३१ हजार १०५ जनालाई रोजगारी प्रदान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले वृद्धि भएको हो ।

रोजगारीका हिसाबले उत्पादन (म्यानुफ्याक्चरिङ) उद्योग अग्रस्थानमा रहेको छ, जहाँ ४१ लाख ४६ हजार ११९ जना कर्मचारी कार्यरत छन् । त्यसपछि थोक तथा खुद्रा क्षेत्रमा ३५ लाख ९९ हजार ६८० र स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रमा २७ लाख ६४ हजार जनाले रोजगारी पाएका छन् ।

यद्यपि निर्माण तथा आतिथ्य क्षेत्रहरूमा रोजगारीको सङ्ख्या केही घटेको देखिए तापनि, स्वास्थ्य तथा सामाजिक सेवा साथै व्यवसाय व्यवस्थापन सेवा जस्ता क्षेत्रहरूमा भने रोजगारीमा सानो दरले सकारात्मक वृद्धि भएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्