
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जका प्रहरीको हत्या गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई मंगलबार पक्राउ गरेको स्रोतले बतायो।
यसअघि, प्रहरीकै हत्यामा संलग्न काभ्रेका युवराज क्यापछाकीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरू दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।