
सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका दुवै विभागलाई अर्थ मन्त्रालय मातहत ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा ल्याउने निर्णय भएको उनले बताए ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ती तीनवटै निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएका थिए ।