०६ साउन २०८३, बुधबार

फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प, २६ जनाको मृत्यु

असोज १५, २०८२
काठमाडौं
फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प, २६ जनाको मृत्यु

फिलिपिन्सको मध्य क्षेत्रमा गएको ६.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार घटनामा १४७ जना घाइते भएका छन् ।

भूकम्पपछि निरन्तर परकम्प भइरहेकाले सेबु प्रान्तको बोगो शहरस्थित अस्पतालका बिरामीलाई भवनभित्र राख्न नसकी बाहिरै उपचार गरिएको छ ।

उद्धारकर्मीहरूले जनाएअनुसार, मंगलबार राति आएको भूकम्पमा मात्रै बोगो शहरमा १३ जनाको ज्यान गएको छ । उक्त शहर भूकम्पको केन्द्रविन्दु नजिकै, सेबु टापुको उत्तरी भागमा पर्दछ ।

त्यसैगरी, टाबुलेन नगरपालिकामा १ जनाको मृत्यु भएको त्यहाँका मेयरले बताएका छन् । यसअघि उद्धार टोलीले सान रेमिजियो क्षेत्रमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

भूकम्पको केन्द्रविन्दु बोगो शहरदेखि करिब १७ किलोमिटर (१०.६ माइल) उत्तरपूर्वमा रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्