३० असार २०८३, मंगलबार

आईएमएफले नेपाललाई विस्तारित ऋण दिने, ईसीएफको छैटौं समीक्षा सम्पन्न

असोज १६, २०८२
काठमाडौं
आईएमएफले नेपाललाई विस्तारित ऋण दिने, ईसीएफको छैटौं समीक्षा सम्पन्न

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ ।

नेपालले गरेको ईसीएफको छैटौं रिभ्युलाई आईएमएफ बोर्डले स्वीकृत गरेको अर्थमन्त्री रामेश्वर खनालले फेसबूकमार्फत जानकारी दिएका छन् ।

'नेपालले सफलतापूर्वक सम्पन्न गरेको ईसीएफको छैटौं समीक्षा आईएमएफ बोर्ड बैठकबाट अनुमोदन भएको छ,' खनालले फेसबूकमा लेखेका छन् ।

यससँगै नेपालले आईएमएफबाट विस्तारित ऋण सुविधा प्राप्त गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्