२३ असार २०८३, मंगलबार

यस्तो छ राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर

असोज १८, २०८२
काठमाडौं
यस्तो छ राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलरको खरिददर प्रति डलर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, पाउण्ड स्टर्लिङको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा तोकिएको छ।

स्विस फ्राङ्कको खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा, अष्ट्रेलियन डलरको खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा रहेको छ।

यसैगरी, क्यानाडियन डलरको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, सिंगापुर डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

जापानी येनको १० इकाइ खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा रहेको छ।

यसैगरी, खाडी मुलुकका मुद्रामा साउदी रियालको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियालको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, युएई दिर्हामको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकका अनुसार, अन्य मुद्रामा मलेसियन रिङ्गिटको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा, दक्षिण कोरियन वनको १०० इकाइ खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ।

त्यस्तै, कुवैती दिनारको खरिददर ४६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ३४ पैसा, बहराइनी दिनारको खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा तथा ओमानी रियालको खरिददर ३६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्