
इलाममा पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको पुष्टि गरिन् ।
उनका अनुसार इलाम–६ र माइजोगमाइ गाउँपालिकास्थत मानेभञ्ज्याङमा पहिरोले घर पुरिँदा सो घटना भएको हो ।
एउटा घरमा ५ जना र अर्को घरमा ६ जनाको मृत्यु भएको जानकारी दिँदै उनले थप विवरण आउन बाँकी रहेको बताइन् ।