
बाँकेको नेपालगञ्जमा अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका-२१ गंगारामपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय सोनु अली पक्राउ परेका हुन् ।
प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।