२७ असार २०८३, शनिबार

गाजा युद्धविराम वार्ताका लागि अमेरिकी दूत कायरोमा, इजिप्ट र हमास युद्धविराम सम्झौता हुनेमा ‘आशावादी’

असोज २२, २०८२
काठमाडौं
गाजा युद्धविराम वार्ताका लागि अमेरिकी दूत कायरोमा, इजिप्ट र हमास युद्धविराम सम्झौता हुनेमा ‘आशावादी’

गाजा युद्धलाई अन्त्य गर्ने उद्देश्यका साथ सुरू भएको वार्ताले बुधबारसम्म ‘उत्साहजनक’ सङ्केतहरू दिएको वार्तामा मध्यस्थताका लागि सहभागी इजिप्टका अधिकारीले बताएका छन् । 

वार्ता सकारात्मक रूपमा अगाडि बढ्ने सङ्केतपछि बुधबार शीर्ष अमेरिकी अधिकारी वार्तास्थलमा आइपुगेका छन् । 

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति प्रस्तावलाई वार्ताको आधार बनाइएको बताए । 

मध्यपूर्वमा युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपतिले लिएको पहलकदमीका लागि ट्रम्पको उनले प्रशंसा गरेका छन् । 
हमासले पनि आफ्नो शत्रु इजरायलसँग भएको अप्रत्यक्ष छलफलबाट समूह ‘आशावादी’ बनेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्