२३ असार २०८३, मंगलबार

एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली निकाल्न प्रशासनद्वारा रोक

असोज २४, २०८२
काठमाडौं
एमालेको युवा संघलाई मोटरसाइकल र्‍याली निकाल्न प्रशासनद्वारा रोक

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा गर्न लागेको मोटरसाइकल र्‍यालीलाई प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार 'अत्यन्त जरुरी सूचना' जारी गर्दै कुनै पनि समूह वा संगठनले पूर्व स्वीकृतिविना र्‍याली, जुलुस, धर्ना, सभा वा प्रदर्शन गर्न नपाउने उल्लेख गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा भनिएको छ–

'मिति २०८२ असोज २५ गते शनिबारका दिन फरक–फरक समूहहरूले काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा मोटरसाइकल लिएर सभा गर्ने भनी सूचना प्राप्त भएको छ । भाद्र २३ गतेको ‘GenZ आन्दोलनपछि भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेको यहाँहरू सबैलाई विदितै छ । शान्ति सुरक्षाको स्थिति कायम राख्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सेवा प्रवाह सहज बनाउने कार्यहरू शुरू भएका छन् । यस्तो अवस्थामा विभिन्न समूहबाट हुने भनिएका र्‍याली, जुलुस र प्रदर्शनहरूले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कुनै पनि यस्ता कार्यक्रम गर्न अनुमति नदिने निर्णय गरिएको छ ।'

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम प्रशासनले पूर्व स्वीकृति विना कार्यक्रम नगर्न/नगराउन प्रशासनले आग्रह गरेको छ ।

युवा संघले शनिबार मोटरसाइकल र्‍याली निकाल्ने जनाएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्