
४० वर्षीया श्रीमती बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ७ गौरीघाट मिलनचोक डेरा गरी बस्ने संखुवासभाको खाँदबारी नगरपालिका- ६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अप्सरा आइतबार दिउँसो आफ्नै कोठामा मृत फेला परेकी थिइन् । अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा तेन्जिङलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूबीच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुलेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।