२१ असार २०८३, आइतबार

निर्मलराज पौडेलको 'झिलिमिली तिहारलाई' गीत सार्वजनिक

असोज २८, २०८२
काठमाडौं
निर्मलराज पौडेलको 'झिलिमिली तिहारलाई' गीत सार्वजनिक

गीतकार निर्मलराज पौडेलको 'झिलिमिली तिहारलाई' नामक तिहार गीत सार्वजनिक भएको छ । गीतमा पौडेलसहित  गायिका समान्ता थापा ,निरज तिमल्सीना र मनिष पौडेलले स्वर दिएका छन् । 

वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका हुन् भने मोहित मुनालले संगित दिएका हुन् । 

गीतकार तथा गायक पौडेलले भने, 'विगत दश–पन्ध्र वर्ष अगाडिसम्म पनि तिहारको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो, तर आजभोलि सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरूलाई हाम्रा सन्ततिहरूले पनि थाहा पाउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।'

गीतमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरू कागपूजा , कुकुर पुजा , लक्ष्मी पूजा , गाई गोरु पूजा र भाइ पूजालाई पनि समेटिएको छ । 

गीतमा नेपालीहरूले तिहार मनाउने शैली, परम्परालगायत रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दशैं गीत पनि सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्