
सशस्त्र प्रहरीले ललितपुरबाट ५० किलोभन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा भारत घेडासन पूर्वी चम्पारनका अभिषेख शेख छन् ।
ललितपुर महानगरपालिका-१६ धौगलबाट शेखलाई नियन्त्रणमा लिइएको हो । सशस्त्रले उनको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद गरेको छ ।
त्यस्तै, १२ लाख ९१ हजार ९० नेपाली रूपैयाँ तथा १ हजार २ सय ७० भारतीय रूपैयाँ, चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आईप्याड १ थान र मोबाइल सेट १ थान समेत बरामद गरेको जानकारी डीएसपी थापाले दिए ।
सशस्त्रले बरामद चाँदी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।