
आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने ओडीआई शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुने लिग २ का लागि शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा सन्दीप जोरा, लोकेश बम र आदिल आलम अटाएका छैनन् । बरु भीम सार्की, अनिल साह र शाहब आलमले टोलीमा स्थान पक्का गरेका छन् । जोरा, बम र आलमले भर्खरै सम्पन्न आईसीसी टी-२० विश्वकप छनोट खेल खेलेका थिए ।
टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा छन् ।
नेपालले पहिलो खेल २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ भने ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।