
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ ।
अमेरिकाको चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।
उनले अमेरिकी ब्याट्सम्यान साइतेजा मुक्कमललाई ४२ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका साइतेजा केवल आठ रनका कारण अर्धशतक पूरा गर्नबाट चुके ।
उनले ५८ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए ।
३५औं ओभरको तेस्रो बलमा चौथो विकेट गुमाउँदा अमेरिकाले एक सय ४५ रन बनाएको छ ।
यो पनि पढ्नुहोस्
नेपाललाई तेस्रो सफलता, पेभेलियन फर्किए ओपनर समित पटेल
आईसीसी क्रिकेट विश्वकप लिग–२ : आरिफ शेखले पेभेलियन फर्काए अमेरिकी कप्तानलाई
आईसीसी क्रिकेट विश्वकप लिग–२ : सोमपालले लिए अमेरिकाको पहिलो विकेट