
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा आइतबार नेपालले अमेरिकाको छैटौं विकेट लिएको छ ।
सन्दीप लामिछानेले अमेरिकाको छैटौं विकेट लिएका हुन् ।
सन्दीपले सातौं नम्बरमा क्रिज समाल्न आएका अमेरिकी ब्याट्सम्यान शुभम रन्जनलाई १९ रनको व्यक्तिगत स्कोरमा गुलसन झाद्वारा क्याच गराए ।
जारी खेलमा सन्दीपले व्यक्तिगत रूपमा लिएको यो दोस्रो विकेट हो ।
४८औं ओभरको चौथो बलमा शुभम आउट हुँदा अमेरिकाले दुई सय २७ रन बनाएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अमेरिकाले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको हो ।