१६ असार २०८३, मंगलबार

तिहारमा हराएकी किशोरीको वीभत्स अवस्थामा शव फेला, २ जना अझै बेपत्ता

कात्तिक ९, २०८२
विराटनगर
तिहारमा हराएकी किशोरीको वीभत्स अवस्थामा शव फेला, २ जना अझै बेपत्ता

​​मोरङ र सुनसरीबाट बेपत्ता दुई किशोरी अझै फेला परेका छैनन् ।

गत असोज २१ गते घरबाट बेपत्ता भएकी मोरङको लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको शव शुक्रबार जंगलभित्र वीभत्स अवस्थामा भेटिएको थियो ।

मोरङको केराबारी–३, रामपुरकी १४ वर्षीया रुका मगर र सुनसरीको इनरुवा–५ बलाहास्थित १५ वर्षीया भावना पाण्डे भने अझै सम्पर्कमा नआएका उनीहरूका परिवारले जानकारी दिएका छन् ।

मगर भाइटीकाको दिनदेखि सम्पर्कविहीन छिन् । परिवारका अनुसार उनले घरमा कसैलाई जानकारी नदिई निस्किएकी थिइन् ।

सुनसरीको इनरुवा–५ बलाहास्थित १५ वर्षीया भावना पाण्डे पनि लक्ष्मीपूजाको दिनदेखि बेपत्ता छिन् । भैलो खेल्न भन्दै निस्किएकी उनी अझैसम्म घर फर्किएकी छैनन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेका अनुसार बेपत्ता किशोरीको खोजी भए पनि पत्तो लागेको छैन ।

अंशुको शव भने शुक्रबार बेलबारी–चिसाङ साझेदारी वनभित्र भेटिएको थियो ।

स्थानीय महिलाले घाँस काट्ने क्रममा क्षतविक्षत शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

टाउको र शरीर छुट्टिएको, कपडा च्यातिएको अवस्थामा शव फेला परेको थियो । परिवारले कपडा, चप्पल र घडीका आधारमा शव पहिचान गरेका थिए ।

प्रहरीले शवको आधिकारिता प्रमाणित गर्न डीएनए परीक्षण र मृत्युको कारण पत्ता लगाउन फरेन्सिक जाँचका लागि पठाएको छ ।

रिपोर्टपछि सत्यतथ्य बाहिर आउने मोरङ प्रहरीका एसपी कवित कटुवालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्