
नेपाल प्रहरीको डीआईजीमा ८ जना एसएसपीको बढुवा सिफारिस भएको छ । एसएसपीहरू भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्लेको बढुवा सिफारिस भएको हो ।
बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको नामसहित बढुवा सूची प्रकाशित गरेको हो । समितिको सचिवालयले आइतबार साँझ प्रहरी नियमावलीअनुसार सबैको जानकारीका लागि सूची सार्वजनिक गरेको जनाएको छ ।
सूचीअनुसार खत्री एक नम्बरमा सिफारिस भएका छन् भने बढुवाका दाबेदार मानिएका विश्व अधिकारी छुटेका छन् ।