०५ साउन २०८३, मंगलबार

सन् २०२६ लाई ‘आसियान–भारत समुद्री सहयोग वर्ष’ मनाउने मोदीको घोषणा

कात्तिक १२, २०८२
काठमाडौं
सन् २०२६ लाई ‘आसियान–भारत समुद्री सहयोग वर्ष’ मनाउने मोदीको घोषणा
फाइल फोटो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२६ लाई ‘आसियान–भारत समुद्री सहयोग वर्ष’ घोषणा गरेका छन् । भारत र आसियानबीच मानवीय सहायता, विपद् राहत तथा समुद्री सुरक्षा र नीलो अर्थतन्त्रमा सहयोग हुने उनले बताए ।

आसियान–भारत शिखर सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै मोदीले भारत हरेक संकटमा आफ्ना आसियान साथीहरूसँग दृढतापूर्वक उभिएको बताएका हुन् ।

‘समुद्री सुरक्षा र नीलो अर्थतन्त्रमा हाम्रो सहयोग तीव्र गतिमा बढिरहेको छ । यसैलाई ध्यानमा राख्दै, हामी २०२६ लाई आसियान–भारत समुद्री सहयोग वर्ष घोषणा गर्दैछौं,’ मोदीले भने ।

२१ औं शताब्दी भारत र आसियानको शताब्दी भएको उल्लेख गर्दै मोदीले भने, ‘शिक्षा, पर्यटन, विज्ञान र प्रविधि, स्वास्थ्य, हरित ऊर्जा र साइबर सुरक्षामा द्विपक्षीय सहयोगलाई दृढतापूर्वक प्रवर्द्धन गर्दैछौं । यो भारत र आसियानको शताब्दी हो ।’

मोदीले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलाई आसियान शिखर सम्मेलनको सफल आयोजनाको लागि बधाई समेत दिए । आसियानलाई भारतको पूर्व नीतिको मुख्य स्तम्भ भन्दै मोदीले आसियान केन्द्रीयताको लागि नयाँ दिल्लीको समर्थन व्यक्त गरे ।

‘भारत र आसियानबीचको साझेदारी विश्वव्यापी स्थिरता र विकासका लागि एक शक्तिशाली आधारको रूपमा उदाइरहेको छ,’ मोदीले भने ।

भारत र आसियानले विश्वको जनसंख्याको लगभग एक चौथाइ प्रतिनिधित्व गर्ने स्मरण गर्दै मोदीले भने, ‘हामी केवल भूगोल मात्र साझा गर्दैनौं, हामी गहिरो ऐतिहासिक सम्बन्ध र साझा मूल्यहरूद्वारा पनि जोडिएका छौं । हामी ग्लोबल साउथका सहयात्री हौं । हाम्रो साझेदारी केवल व्यावसायिक मात्र होइन सांस्कृतिक पनि छ,’ मोदीले भने ।

salt training

कमेन्ट गर्नुहोस्