
बर्दियामा बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
बारबर्दिया नगरपालिका- ३ बेल्बज्जास्थित बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय कालुराम थारूसहित ६ जना छन् । उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ८० रुपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।