
जेनजी आन्दोलनमा भएको जनधनको क्षतिबारे छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरको संयोजकत्वमा समिति गठन भएको छ ।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा भएको विध्वंस र जनधनको क्षतिबारे छानबिन गर्न एआईजी राठौरको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् ।
अपराध अनुसन्धान विभागका प्रमुख समेत रहेका राठौरको समितिमा अन्वेषण निर्देशनालय, मानव स्रोत विभाग, विधिविज्ञान प्रयोगशाला लगायतको टोली समावेश गरिएको छ ।
समितिलाई भदौ २३ मा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जेनजीमाथि शुरूमा प्रहरीबाट भएको बल प्रयोग, मानवीय क्षति, बल प्रयोगमा भएका कमजोरी र भदौ २४ को विध्वंसबारे विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।
समितिलाई एक महिना भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।