०९ साउन २०८३, शनिबार

भारतमा विद्युत् २८३ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति नवीकरण

कात्तिक १३, २०८२
काठमाडौं
भारतमा विद्युत् २८३ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति नवीकरण

नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । बुधबार भारतको केन्द्रीय विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् आयातका लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । यसका साथै भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका ४ आयोजना नवीकरण भएको प्राधिकरणले जनाएको छ । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मंगलबारबाट लागू हुने गरी एक वर्षका लागि नवीकरण भएको छ ।

यसैगरी, द्विपक्षीय सम्झौताबमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत बिक्री भइरहेको थियो । हरियाण राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिने छ । प्राधिकरणले हरेक वर्ष जुन(अक्टोबरमा हरियाणलाई विद्युत् बिक्री गर्दछ ।

प्राधिकरणले हरियाणालाई विद्युत् बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट आइएक्समा समेत निरन्तर रुपमा बिक्री गर्न पाउने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्