२६ जेठ २०८३, मंगलबार

अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह

कात्तिक १४, २०८२
काठमाडौं
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
फाइल फोटो

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सूचना जारी गर्दै अध्ययन बिदा लिएपश्चात फर्केर सेवा नगर्ने शिक्षक र कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो ।

त्रिविले अध्ययन बिदा लिएपश्चात त्रिविमा फर्की सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको सर्त उल्लङ्घन गरेको देखिएको बताएको छ ।

सूचनामा अध्ययन बिदा उपभोग गरी हाजिरी नभएका र सर्तअनुसार पूरा समय काम नगरेका/सेवाबाट हटाइएका/राजीनामा स्वीकृत गरी बरबुझारथ नगरेका र राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक तथा कर्मचारीलाई ३५ दिनभित्र समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्