११ साउन २०८३, सोमबार

सात रनका कारण अर्धशतक पूरा गर्नबाट चुके भीम सार्की

कात्तिक १५, २०८२
काठमाडौं
सात रनका कारण अर्धशतक पूरा गर्नबाट चुके भीम सार्की

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार खेलिएको अमेरिकाविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको हो । २४ वर्षीय भीम केवल सात रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पाँचौं अर्धशतक पूरा गर्नबाट चुके ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम ५८ बलमा चार चौकाको मद्दतले ४३ रन बनाउँदै पेभेलियन फर्किए । उनलाई अमेरिकी बलर हरमित सिंहले बोल्ड गरे ।

२२औं ओभरको पाँचौं बलमा भीम आउट हुँदा नेपालले एक सय एक रन बनाएको छ ।

त्यसअघि, ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४७ रन बनाउँदै आउट भएका थिए ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्