
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार खेलिएको अमेरिकाविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको हो । २४ वर्षीय भीम केवल सात रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पाँचौं अर्धशतक पूरा गर्नबाट चुके ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम ५८ बलमा चार चौकाको मद्दतले ४३ रन बनाउँदै पेभेलियन फर्किए । उनलाई अमेरिकी बलर हरमित सिंहले बोल्ड गरे ।
२२औं ओभरको पाँचौं बलमा भीम आउट हुँदा नेपालले एक सय एक रन बनाएको छ ।
त्यसअघि, ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ४७ रन बनाउँदै आउट भएका थिए ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।