०४ साउन २०८३, सोमबार

अफगानिस्तान भूकम्प : कम्तिमा दश जनाको मृत्यु, १८० बढी घाइते

कात्तिक १७, २०८२
काठमाडौं
अफगानिस्तान भूकम्प : कम्तिमा दश जनाको मृत्यु, १८० बढी घाइते
तस्वीर : एएफपी

उत्तरी अफगानिस्तानमा गएको भूकम्पमा कम्तिमा दश जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भूकम्पमा लगभग १८० जना घाइते भएको बीबीसीले जनाएको छ । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। 

गएराति १ बजे मजार-ए-शरीफ क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यो क्षेत्रमा लगभग पाँच लाख मानिसहरू बसोबास गर्छन्।

भूकम्पको गहिराइ २८ किलोमिटर थियो ।

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले भूकम्पको क्षतिको पूर्ण विवरण अझै आँकलन गर्न बाँकी रहेको बताएको छ । 

यद्यपि, अफगानिस्तानमा शक्तिशाली भूकम्प महसुस भएको यो पहिलो पटक होइन । अगस्टमा पनि भूकम्पले ठूलो विनाश निम्त्याएको थियो, जसमा हजारौंको ज्यान गएको थियो ।

अगस्टको अन्त्यमा युद्धग्रस्त इस्लामिक देशको दक्षिणपूर्वमा भूकम्प र शक्तिशाली परकम्पहरूपछि २,२०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो र हजारौं घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्